Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकाले बुधबारदेखि भारतलाई २५ प्रतिशत अतिरिक्त कर लगाउने, सूचना जारी

अमेरिकाले बुधबारदेखि भारतलाई २५ प्रतिशत अतिरिक्त कर लगाउने, सूचना जारी

मंगलवार , भाद्र १०, २०८२

एजेन्सी । अमेरिकाले भारतका सामानमा बुधबार देखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेशअन्तर्गत भारतविरुद्ध थपिएको कर बुधबारदेखि लागु हुने भएको हो। यस विषयमा अमेरिकाको गृह सुरक्षा विभागले आज नयाँ भन्सार करसहित सूचना जारी गरेको छ।

अब योसँगै भारतबाट अमेरिका भित्रिने सामानका लागि ५० प्रतिशत भन्सार शुल्क लाग्नेछ। अमेरिकाले भारतले रुसबाट तेल खरिद गरिरहेको कारण देखाउँदै भन्सार कर बढाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077