Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगन्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय

वीरगन्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय

मंगलवार , भाद्र १०, २०८२

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाले यहाँ देखिएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गतेसम्मका निम्ति बिदा दिइएको बताए ।

त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगन गरिएको उनले जानकारी दिए ।

महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्य सञ्चालन गर्नरगराउन अनुरोध गरेको छ ।

वीरगन्जमा यसअघि आइतबार र सोमबार बिदा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077