Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वीरगञ्जमा हैजा तीव्र गतिमा फैलिँदै, संक्रमितको संख्या ११४ पुग्यो

वीरगञ्जमा हैजा तीव्र गतिमा फैलिँदै, संक्रमितको संख्या ११४ पुग्यो

मंगलवार , भाद्र १०, २०८२

वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो परीक्षण रिपोर्टअनुसार ११४ जनामा हैजा पुष्टि भइसकेको पर्सा स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार साँझ ६ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा ९३ जना नयाँ झाडापखालाका बिरामी भर्ना भएका थिए। हालसम्म हैजा र झाडापखालाका बिरामी गरेर १९९ जना उपचाररत छन्।

वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी १०७ जना बिरामी नारायणी अस्पतालमा छन् । यस्तै नेसनल मेडिकल कलेजमा १८, तराई अस्पतालमा ३७, वीरगञ्ज हेल्थकेयरमा १९, सर्वोत्तम अस्पतालमा ७, एडभान्स मेडिकेयर अस्पतालमा ३, प्रभु अस्पतालमा १, निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २ र नारायणी सेन्टर अस्पतालमा ३ जना बिरामी उपचाररत छन्।

अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालासम्बन्धी समस्या लिएर भर्ना भएका बिरामीको संख्या ४२२ पुगेको छ। जसमध्ये दुई सय २३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक सय ९९ जना अझै उपचाररत छन्।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार हालसम्म हैजा पुष्टि भएका मध्ये सबैभन्दा धेरै नारायणी अस्पतालमा ४३ जना छन् ।

त्यस्तै तराई अस्पतालमा ३८, नेसनल मेडिकल कलेजमा १५, भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर अस्पताल र मंगलम प्याथोलोजीमा ३र३ जना, अलि अर्थो र एडभान्स मेडिकेयर अस्पतालमा २र२ जना तथा सर्वोत्तम, नारायणी सेन्ट्रल, नेपाल इण्डो, निलकण्ठ र बयोधा अस्पतालमा एक–एक जनामा हैजा पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077