Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजा सिटी खाली गर्न इजरायलको आग्रह, करिब १० लाख मानिस प्रभावित हुने

गाजा सिटी खाली गर्न इजरायलको आग्रह, करिब १० लाख मानिस प्रभावित हुने

बुधवार , भाद्र ११, २०८२

एजेन्सी । इजरायलले गाजा सिटीका बासिन्दालाई सहर खाली गरी दक्षिणी भागतर्फ सर्न आग्रह गरेको छ । हाल गाजा सिटीमा करिब १० लाख मानिस बसोबास गर्दै आएका छन् ।

इजरायली सेनाका प्रवक्ता अबिखाइ अड्रेईले विज्ञप्ति जारी गर्दै मानिसहरूलाई सुरक्षित स्थानका रूपमा दक्षिणतर्फ जान आह्वान गरेका हुन् । उनले त्यहाँ खाली ठाउँ उपलब्ध रहेको भन्दै त्यहाँ पुग्नेहरूलाई मानवीय सहायता उपलब्ध गराइने दाबी पनि गरेका छन् ।

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युद्धपछिको गाजाको अवस्था र पुनर्निर्माणबारे छलफल गर्न लागेको संवेदनशील घडीमै आएको हो ।

यस्तै हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्ला २४ घण्टामा मात्र सम्पूर्ण गाजाभर ७६ जनाको ज्यान गएको र करिब ३०० जना घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077