Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

आइतवार , भाद्र १५, २०८२

एजेन्सी । यमनको हुथी विद्रोही नियन्त्रित सरकारका प्रधानमन्त्री अहमद गालिब अल–रहावी इजरायलको हवाई आक्रमणमा मारिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणमा ऊर्जा, परराष्ट्र, युवा तथा खेलकुद, सामाजिक मामिला, श्रम मन्त्री र सूचना मन्त्रीसहित अन्य अधिकारी पनि मारिएका हुन् ।

हुथी सुप्रिम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मसातले घटनाबारे पुष्टि गरेको रोयटर्सले जनाएको छ । इजरायली आक्रमणमा पहिलोपटक हुथीका वरिष्ठ अधिकारीहरू मारिएका हुन् ।

बिहीबार सानामा भएको आक्रमणमा केही घाइते भएको भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

इजरायलले आक्रमण इरान समर्थित हुथी समूहका सेनाप्रमुख, रक्षा मन्त्री र अन्य वरिष्ठ अधिकारीहरूलाई लक्षित गरी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077