काठमाडौं । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुवै देशबीच सिधा हवाइ उडान गर्नेबारे छलफल भएको छ।
सांघाई सहयोग संगन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीनको तियान्जिन सहरमा पुगेमा मोदी र सीबीच आइतबार करिब ५० मिनेट कुराकानी भएको थियो।
भेटका क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु भइसकेको अवस्थामा सिधा हवाइ उडान गर्नेबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
उक्त भेटमा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्राललयको भनाई छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटक भिसाको पुनः सुरु भएको अवसरमा प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यकतामा जोड दिनुभयो । आर्थिक तथा व्यापारिक सम्बन्धका विषयमा उहाँहरूले विश्व व्यापारलाई स्थिर पार्न आफ्नो दुवै अर्थतन्त्रको भूमिकालाई स्वीकार गर्नुभयो।’