Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तान भूकम्प अपडेट : कम्तिमा २५० जनाको मृत्यु, ५०० बढी घाइते

अफगानिस्तान भूकम्प अपडेट : कम्तिमा २५० जनाको मृत्यु, ५०० बढी घाइते

सोमवार , भाद्र १६, २०८२

एजेन्सी । अफगानिस्तानमा आइतबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । छ ।

भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

न्यूयोर्क टाइम्सले पनि सय भन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।

यसअघि अफगानिस्तानमा ७ अक्टोबर २०२३ मा विनाशकारी भूकम्प गएको थियो । सो भूकम्पमा ४ हजार जनाको मृत्यु भएको सरकारको तथ्यांक थियो । संयुक्त राष्ट्रसंघले भने १ हजार ५०० जनाको मृत्यु पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077