Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वीरगञ्जमा हैजा : गम्भीर प्रकारको झाडापखालाका ८५८ जना र हैजाका बिरामी १७३

वीरगञ्जमा हैजा : गम्भीर प्रकारको झाडापखालाका ८५८ जना र हैजाका बिरामी १७३

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । वीरगञ्जमा थप २६ जना गम्भीर प्रकारको झाडापखालाका बिरामी भेटिएका छन्। यो सँगै जिल्लामा भेटिने गम्भीर प्रकारका झाडापखालाका कुल संक्रमितको संख्या ८ सय ५८ जना पुगेको छ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार आज बिहान सम्मको विवरण ८ सय ५८ जना मध्ये १७ जना आईसीयू र ३ जना एचडीयूमा छन्। अहिलेसम्म ७ सय ५१ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ सय ७ जना उपचारत छन्।

यस्तै आरडिटी र कल्चर दुवै परीक्षणमा हैजा नै पुष्टि हुने बिरामीको संख्या एक सय ७३ पुगेको छ। यी मध्ये हाल ४१ जना अस्पतालमा भर्ना भएर उपचार गरेका छन भने बाँकी एक सय ३२ जना डिस्चार्ज भइसकेका छन्।

गत २८ साउन देखि फाटफुट रुपमा झाडापखालाका बिरामी देखा परे पनि गत साता देखि प्रकोपको रुप लिएको थियो। परीक्षणका क्रममा उनीहरूमा हैजा भएको पुष्टि भएको थियो। झाडापखलाबाट तिन जनाको मृत्यु भएको भनिए पनि हैजाबाट मृत्यु भएको पुष्टि भएको छैन।

हैजा नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय तहका सरकारहरूले मिलेर काम गरेका छन्। विश्व स्वास्थ्य संगठनले प्राविधिक तथा औषधी उपचारका लागि सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077