Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने कांग्रेसको तयारी

संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने कांग्रेसको तयारी

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ।

कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सदस्यमा लगेर उक्त समिति सभापति बनाउन लागेको हो।

कांग्रेसका एक पदाधिकारीले भने- 'रामहरिजीलाई संसदीय सुनुवाइ समिति सभापति बनाउने तयारी छ ।'

संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ। राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न ईश्वरी न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्।

भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध सभापति चयन भएकी थिइन्।

त्यसअघि राज्य व्यवस्था तथा सुशासन समिति सभापति कांग्रेस प्रतिनिधि सभा सांसद रामहरि खतिवडा थिए।

कुलिङ पिरियड छेडखानीमा छानबिन समिति नैतिक जिम्मेवारी ठहर्‍याएपछि राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाले साउन २७ गते राजीनामा दिएका थिए। समितिको रिक्त सभापति पदका भोलि निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077