Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत

कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् ।

शुक्रबारदेखि सुरू हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशन अगाडि बिहीबार थापाले आफ्नो फरक मत दर्ता गराउनु भएको हो ।

उनले भने- 'मैले मेरो फरक मत दर्ता गराउन अहिले पार्टी केन्द्रीय कार्यालयमा छु । पार्टी कार्यालयम दर्ता भइसकेपछि मेरो फरक मत सार्वजनिक गर्नेछु । पार्टीभित्र बहसका लागि यो फरक मत दर्ज गराएको हुँ ।'

उनले यसअघि नै वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै अघि सारेको पार्टी जीवनको लोकतान्त्रीकरण सम्बन्धी दस्तावेजमा उल्लेखित कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेर हद यथावत हुनुपर्ने मत राखेका छन् ।

थापाले आजीवन पदमा बस्ने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने नेतृत्वको प्रयासको कडा आलोचना गर्दै आएका थिए ।

उनले गत साउनमा भएका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली आफैंले प्रस्तुत गरेको नीति र दस्तावेजलाई मिच्दै अघि बढ्न खोजेको आरोप लगाएका थिए । अब उनको उक्त फरक विचारलाई एमालेले पनि स्वीकारेर विधान महाधिवेशनमा छलफलका लागि लाने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077