Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राप्रपाले माग्यो जीएसआई प्रस्तावबाबारे प्रधानमन्त्रीको जवाफ

राप्रपाले माग्यो जीएसआई प्रस्तावबाबारे प्रधानमन्त्रीको जवाफ

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चीनले अघि सारेको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय बाहिर आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताएको छ ।

राप्रपा सांसद धवलशमशेर राणाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीले सदनमा आएर के भएको हो रु जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने- 'छलफलको एजेन्डामा नै नआएको भनिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय आएको छ। यदि हामीले यो नीतिअनुसार अघि बढ्यौँ भने यसले भोलिको दिनमा नेपालको सुरक्षाको लागि पनि गम्भीर हो । यसबारेमा प्रधानमन्त्रीज्यूले सदनमा स्पष्ट रुपमा जानकारी दिनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077