Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालले नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने जनाएको छ ।

आज बिहान रजिष्ट्रारको कार्यालय र जनसम्पर्क महाशाखाले संयुक्त रूपमा जारी गरेको सूचनामा मुलुकमा विद्यमान असामान्य परिस्थितिका कारण यस्तो निर्णय गरिएको प्रष्ट पारिएको छ ।

सूचना अनुसार, यही भदौ २९, ३० र ३१, असोज १, २ र ५ तथा कात्तिक ९ गतेका लागि तोकिएका सबै पठनपाठन कार्यक्रम र कक्षाहरू स्थगित गरिएको छ। यी दिनहरूलाई आगामी हिउँदे बिदाबाट कटौती गर्ने उल्लेख गरिएको छ।

त्रिविले नियमित पठनपाठन कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने पुनः दोहोर्‍याउँदै विद्यार्थी, शिक्षक र अभिभावकलाई धैर्य र सहयोगका लागि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077