Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री कार्यालयको नियमित कार्य गृहमन्त्रालयको नयाँ भवनबाट गरिने

प्रधानमन्त्री कार्यालयको नियमित कार्य गृहमन्त्रालयको नयाँ भवनबाट गरिने

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य गृहमन्त्रालयको नयाँ भवनबाट गरिने भएको छ ।

बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा आगजनी र तोडफोड भएपछि तत्काल कार्यसञ्चालनका लागि गृहको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सर्न लागेको हो।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर सञ्चालनमा आउने अवस्था नहुन्जेल गृहको नयाँ भवनबाट कार्यारम्भ गर्न लागिएको जानकारी दिए।

अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको छ ।

गृह मन्त्रालय बस्ने गरी केही समयअघि मात्र यो भवनको निर्माण सम्पन्न भएको थियो। ५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा बनेको यो भवन सिंहदरबारमा बनेकामध्येकै अत्याधुनिक छ।

यस्तै अहिले गृहमन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृहमन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ ।

मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077