Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति, आज राति ९ बजे शपथ

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति, आज राति ९ बजे शपथ

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ ।

सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज राति ९ बजे शपथ खुवाउने तयारी गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रेस विज्ञ किरण पोखरेलका अनुसार, कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले मुलुकलाई नयाँ चुनावतर्फ लैजाने जिम्मेवारी पाउनेछ।

यसअघि, नयाँ सरकार गठनका लागि कार्कीसहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालशीतलनिवास पुगेका थिए। लामो छलफलपछि अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाममा सहमति जुटाइएको हो।

तर, संसद् विघटनको विषयमा भने सहमति जुट्न सकेको छैन। यसबारेमा अन्तिम निर्णय कार्कीको औपचारिक नियुक्तिपछि सार्वजनिक हुने राष्ट्रपतिका प्रेस विज्ञ पोखरेलले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको दबाबपछि मंगलबार राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन ओलीको राजीनामा स्वीकृत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077