काठमाडौं । अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ ।
स्रोतका अनुसार शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको हो । यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए ।
संसद विघटन गर्ने सहमति भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् ।
कार्कीको सपथ ९ बजे हुने बताइएको छ । पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन् ।