Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन, गम्भीर असहमति छ : माओवादी

संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन, गम्भीर असहमति छ : माओवादी

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति प्रकट गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिँदै भने, “संसद् विघटनको निर्णय मुलुकको संवैधानिक व्यवस्था विपरीत भएको छ। त्यसैले माओवादी केन्द्र यसप्रति गम्भीर असहमति प्रकट गर्दछ।”

माओवादी केन्द्रले संसद् विघटनलाई जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्यप्रति आघात भएको ठहर गरेको छ । पार्टीले संविधानको मर्म र राजनीतिक स्थायित्वलाई कमजोर पार्ने खालको कदमलाई अस्वीकार्य बताउँदै यसबारे विस्तृत रणनीति तय गर्ने संकेत पनि गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्दै शुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077