काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्।
प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्।
प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर हुने प्रक्रियामा रहेको बताइएको छ ।
६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।