Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अन्तरिम सरकारको स्वागत गर्दै भारतले भन्यो – शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ

अन्तरिम सरकारको स्वागत गर्दै भारतले भन्यो – शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

“हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ, यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077