Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अन्तरिम सरकार गठनबारे पूर्वप्रधानमन्त्री भट्टराई :अहिलेको परिस्थितिमा दोस्रो उत्तम विकल्प यही हो

अन्तरिम सरकार गठनबारे पूर्वप्रधानमन्त्री भट्टराई :अहिलेको परिस्थितिमा दोस्रो उत्तम विकल्प यही हो

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री नियुक्ति र स‌ंसद् विघटन दोस्रो राम्रो विकल्प भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिमा सबैभन्दा उत्तम विकल्प भनेको संविधान संशोधन गरी नयाँ प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन गरेर नयाँ निर्वाचनमा जानु रहेको उल्लेख गरेका हुन्।

शनिबार बिहान विज्ञप्ति जारी गरी भट्टराईले भनेका छन्- 'हामीले भनेबमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही हो। जेन(जी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद् बैठकबाट संविधानमा संशोधनसहित नयाँ प्रमको नियुक्ति र नयाँ प्रमको सिफारिसमा संसद् विघटन गरेर नयाँ निर्वाचनमा जान पाएको भए उत्तम हुन्थ्यो। त्यो आन्दोलनकारीहरूले नमानेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना भएपछि दोसो राम्रो विकल्प यही हो।'

डा. भट्टराईले यसलाई नेपाली इतिहासको अर्को महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैलाई यसलाई सही ढंगले ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक ध्रुवीकरणमा लाग्न आग्रहसमेत गरेका छन्।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन्।

२३ गते काठमाडौंसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए। आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने हजारबढी घाइते छन्।

भ्रष्टाचारविरुद्धको जेनजी प्रदर्शनले ठूलो विद्रोहको रूप लिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। उनको बहिर्गमनसँगै मुलुकमा नयाँ अन्तरिम सरकार गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077