Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्याबिनेटमा नजाने भन्दै सुमनाले भनिन्- कलिला भाइबहिनीहरूको बलिदानमा मन्त्री बन्ने सपना नराखौँ

क्याबिनेटमा नजाने भन्दै सुमनाले भनिन्- कलिला भाइबहिनीहरूको बलिदानमा मन्त्री बन्ने सपना नराखौँ

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जाने तयारी नभएको बताएकी छिन्।

सामाजिक सञ्जालमा भएको विभिन्न टिकाटिप्पणीपछि शनिबार फेसबुक लाइभमार्फत उनले क्याबिनेटमा नजाने बताएकी हुन्।

उनले भनिन्- 'भाइबहिनीहरूको बलिदानमा मन्त्री बन्ने सपना नराखौँ। संस्कार परिवर्तनमा लाग्नुपर्छ, सत्ता होइन। सेवा सोच्नुपर्छ, कुर्सी होइन। कर्म सोचौँ, नाम होइन, ‘मेरोबारे भ्रम छरिएको छ, त्यो भ्रममा नपर्नु, क्याबिनेटमा जान लागेको छैन। युवालाई साथ दिनुपर्छ।'

सुमना शुक्रबार राति कार्कीले प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा पुगेकी थिइन्। प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुनसक्ने अड्कलबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077