Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीलाई तत्काल गुप्तचर प्रमुख छान्ने दायित्व

प्रधानमन्त्री कार्कीलाई तत्काल गुप्तचर प्रमुख छान्ने दायित्व

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले आजदेखि अवकाश पाउँदैछन्।

उनको अवकाशपछि विभागमा नयाँ प्रमुख नियुक्ति तत्काल हुने सम्भावना कम देखिएको छ।

शुक्रबार मात्र चुनावी सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले नयाँ गुप्तचर प्रमुख छान्नुपर्ने दायित्व छ।

तर, मन्त्रीहरु समेत नियुक्त भइनसकेको अवस्थामा मन्त्रिपरिषद् बैठक राखेर गुप्तचर प्रमुख बनाउन सहज देखिदैन ।

जसकारण केही समय विभाग निमित्तको भरमा चल्ने देखिन्छ ।

सिनियर भएकाले एआइजी ओम जोशीले निमित्त प्रमुखको रुपमा विभाग चलाउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077