Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संविधानको मुल मर्मलाई तलमाथि नगरियोस्, फेरि परिणाम गम्भीर हुनेछ : सुदन किराती

संविधानको मुल मर्मलाई तलमाथि नगरियोस्, फेरि परिणाम गम्भीर हुनेछ : सुदन किराती

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । नेकपा मा‌ओवादी केन्द्रका नेता सुदन किरातीले संविधानको मुल मर्मलाई तलमाथि नगर्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई बधाई दिँदै उनले संविधानको मुल चार खम्बा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीतालाई तलमाथि नगर्न चेतावनी दिएका हुन्।

उनले सामाजिक संजालमा लेखेका छन्- 'चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशीला कार्की नियुक्ती हुनुभएकोमा बधाई छ । अब जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । साथै यो आन्दोलनको क्रममा भएका नरसंहार र विध्‍वंस बारे छानविन गर्न अर्को उच्च स्तरीय न्यायिक आयोग पनि गठन हुनुपर्छ । तर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी यी चार खम्बे चरित्र भएको संविधानले दलित, महिला, जनजाति, मधेशी र मुस्लिम आदी समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाएको छ यसलाई तलमाथि नगरियोस् । यदि तलमाथि गर्नुभयो भने फेरि परिणाम गम्भीर हुनेछ ।'

नयाँ सरकारले भ्रष्टाचार छानबिनसम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन र आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंसबारे छानबिन गर्न उच्च स्तरीय आयोग गठन हुनुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077