काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिनय (अनेरास्ववियु) को अध्यक्ष पदबाट राजीनामा दिएका डा. सुजन कडरिया कार्यालय फर्किन खोजेपछि विवाद भएको छ ।
भृकुटीमण्डपस्थित अखिलको केन्द्रीय कार्यालयमा पुगेका अखिलका आधा दर्जन केन्द्रीय सदस्य र केही क्याम्पसका विद्यार्थी नेताहरूले तोडफोड गरेका हुन् ।
तोडफोडमा संलग्न एक केन्द्रीय सदस्यले भने- 'पार्टीलाई चाहिएको बेला भाग्ने, सहज भएपछि पुनस् आउन खोज्ने उहाँको द्वैध चरीत्र देखियो । पार्टीलाई अप्ठ्यारो पर्दा साथ छाड्ने नेता हामीलाई चाहिँदैन ।'
उनी कार्यालय फर्किन खोजेपछि आज कार्यकर्ताले उनको फोटो र नेमप्लेट फुटाएका छन् ।
गत भदौ २३ र २४ गते जेनजीहरूको आन्दोलनका क्रममा सरकारले गोली चलाएर दमन गरेको भन्दै फेसबुकमार्फत डा. कडारियाले राजीनामा दिएका थिए ।
तर, उनले राजीनामा दिएको दुई दिनपछि अरुको दबाबमा सो निर्णय गर्न पुगेको दाबीसहित पार्टीमा फर्किएको बताएका थिए । उनको राजीनामा स्वीकृत हुन भने बाँकी छ ।