Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री कार्की

जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री कार्की

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको २४ घण्टा नबित्दै सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको अवस्था बुझ्न अस्पताल भ्रमण सुरु गरेकी छन् ।

शनिबार बिहान उनले वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर पुगेर उपचाररत घाइतेहरूलाई भेटिन् । यस क्रममा कार्कीले चिकित्सकसँग उपचारको अवस्था बारे विस्तृत जानकारी लिँदै कुनै पनि घाइतेले आवश्यक स्वास्थ्य सेवा नपाउने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्की आजै सिभिल अस्पतालमा रहेका घाइतेहरूलाई पनि भेटेकी छिन् । साथै ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुलाई समेत उनले भेटिन् ।

अस्पताल भ्रमणपछि उनले आन्दोलनका क्रममा प्रदर्शनकारीबाट आगजनीमा परेको कोटेश्वर प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध सुरु भएको ‘जेन–जी आन्दोलन’ हिंसात्मक बन्दा हालसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077