Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संविधान र संसदीय प्रणाली बचेको छ, निर्वाचन सफल बनाउन लागौँ : राष्ट्रपति पौडेल

संविधान र संसदीय प्रणाली बचेको छ, निर्वाचन सफल बनाउन लागौँ : राष्ट्रपति पौडेल

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षलाई सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।

शनिबार वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले कठिन परिस्थितिबाट मुलुक शान्तिपूर्ण निकासतर्फ अघि बढेको जनाउँदै आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढीकरणको ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

“देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ,” वक्तव्यमा भनिएको छ।

उनले जनताले ६ महिनाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर अझ उन्नत लोकतन्त्रतर्फ अघि बढ्ने अवसर पाएको उल्लेख गर्दै निर्वाचनलाई विश्वासिलो र भव्य बनाउन सबै तहका सरोकारवालालाई हार्दिक अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077