Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मन्त्री छान्न भर्चुअल भोटिङ, को-को बन्दैछन् मन्त्री ?

मन्त्री छान्न भर्चुअल भोटिङ, को-को बन्दैछन् मन्त्री ?

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी कार्कीले आवश्यक छलफलपछि प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी हुन् ।

जेनजी पुस्ताको भोटिङमार्फत प्रधानमन्त्री बनेकी कार्कीले मन्त्री छनोट प्रक्रियामा पनि उही अभ्यास गर्ने तयारी भइरहेको बुझिएको छ । राजनीतिक दलका सिफारिसभन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाउने चर्चा चुलिएको छ ।

मन्त्रीका लागि ऊर्जा क्षेत्रका प्राविधिक विज्ञ कुलमान घिसिङ र संवैधानिक कानुनविद् ओमप्रकाश अर्यालका नाम चर्चामा आएका छन् । जेन–जी समूहले शनिबार बिहानैदेखि मन्त्रीको छनोटका लागि भोटिङ गरिरहेका छन् ।

उनीहरूले भोटिङ प्रक्रियाबाटै आएकालाई मन्त्री बनाउन सिफारिस गरेका छन् । एक जना नेपाली सेनाका तर्फबाट पनि मन्त्री बनाउने चर्चा छ । तर सेनाले शनिबार साँझसम्म कसैको नाम दिएको छैन ।

आइतबारै प्रारम्भिक स्वरूपमा मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ । साथै प्रधानमन्त्री कार्कीले आजै पदभार ग्रहण गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077