Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

'दलाई लामाले प्रधानमन्त्रीलाई बधाई दिनु आश्चर्यजनक, नेपाल भूराजनीतिक लाभामाथि तैरिँदैछ'

'दलाई लामाले प्रधानमन्त्रीलाई बधाई दिनु आश्चर्यजनक, नेपाल भूराजनीतिक लाभामाथि तैरिँदैछ'

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई तिब्बती धर्मगुरु दलाई लामाले पठाएको बधाई सन्देशलाई नेपाल भूराजनीतिक संकटतर्फ तानिएको संकेतका रूपमा चित्रण गरेका छन् ।

जेनजी आन्दोलनपछि ओली सरकार ढालिँदै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदको शपथ खुवाएको भोलिपल्ट (शनिबार) दलाई लामाले कार्कीलाई बधाई दिँदै तिब्बती शरणार्थीको पुनर्वासका लागि सहयोग गरेकोमा नेपालप्रति आभार प्रकट गरेका थिए ।

यही सन्देशलाई ‘आश्चर्यजनक बधाई’ भन्दै बाँस्कोटाले मुलुकमा जटिल राजनीतिक अवस्थाको बीजारोपण भएको टिप्पणी गरेका हुन् ।

“संविधानले नचिन्ने प्रधानमन्त्रीलाई दलाई लामाको आश्चर्यजनक बधाई र शुभकामना सन्देशले नेपाल भूराजनीतिको लाभामाथि तैरिरहेको सिधा संकेत दिएको छ ,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बाँस्कोटाले थपे, “छिमेकीको व्यापार स्वार्थको कार्पेट डिप्लोमेसीले यसलाई छोप्न सकेन भने यो जटिल राजनीतिक र रणनीतिक संकटको बीजारोपण हुनेछ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077