काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन्।
सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।
कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। पदभार ग्रहणसँगै कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छिन्।
यसअघि उनले बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।