Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

६ महिनाभन्दा बढी पदमा बस्दिन : प्रधानमन्त्री कार्की

६ महिनाभन्दा बढी पदमा बस्दिन : प्रधानमन्त्री कार्की

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू ६ महिनाभन्दा बढी नबस्ने बताएकी छन्। आज पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले आफू परिस्थितिले देश सम्हाल्न आएको भन्दै रहरले नआएको दाबी गरिन्।

उनले सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भव नरहेको पनि बताइन्।

उनले भनिन्–‘जुन परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइन। सडकबाट, जताततैबाट मलाई जिम्मा दिन आवाज उठ्यो मैले पनि विवश हुनुपर्‍यो। मेरो जुन टिम छ र म सत्ताको, पदको रसस्वादन गर्न आएको होइन। मेरो उमेर पनि होइन त्यो। मलाई खोजि गरियो, किन सेवा नगर्ने भनेर आएको हो ।’

सम्बोधनका क्रममा उनले थप भनिन्–‘६ महिनाभन्दा नबस्ने। कुनै पनि हालतमा ६ महिनाभित्र काम सम्पन्न गर्ने। नयाँ आउने संसद् र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुप्पिने हामीले अठोट गरेका छौं। मलाई साथ दिनुपर्छ। सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भव छैन। सुरक्षा निकायले पनि साथ दिनुपर्छ। मलाई साथ दिनुहोस्।’

उनले आफूलाई चुनौतिपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मौका मिलेको उल्लेख बताउँदै एकताको भावना राखेर अगाडि बढ्नुपर्ने धारणा राखिन्।

सम्बोधनका क्रममा उनले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताइन् । सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्।

उनले भनिन्–‘सर्वोच्च अदालत जलेर भष्म भयो। अपराधीले हामीमाथि गरेको चुनौती हो। यो मुलुकको विरुद्ध गरेको चुनौती हो। जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ।’

सिंहदरबार, सर्वोच्च अदालत जल्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। भवन जल्नुभन्दा पनि महत्त्वपूर्ण कागजात जल्दा शून्य अवस्थामा पनि पुर्‌याएको बताइन्।

उनले व्यक्तिका घर र सम्पत्ति आगजनी गरेर २४ गते आतंक फैलाइएको उल्लेख गरिन्। उनले सरकारी तथा व्यवसायी,उद्योगीको सम्पत्तिसमेत क्षति भएको बताइन्। उनले उद्योगी व्यवसायीलाई सरकारले लोन दिएर हुन्छ कि के गरेर हुन्छ प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077