Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी आन्दोलनका मृतकका परिवारको काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

जेनजी आन्दोलनका मृतकका परिवारको काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने भएको छ ।

आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्- 'अहिले मृतकका परिवारहरु काठमाडौं भ्यालीमै छन् । उनीहरु बसेको, उठेको, खाएको त्यो खर्च हेरिदिने । मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउन कसैले चाहन्छ भने सवारीको पनि व्यवस्था गरिने छ । पछिसम्म अपांगको परिभाषाभित्र परेछन् भने उपचारको सुविधाको व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौं ।'

प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले बताइन्।

यस्तै पद ग्रहण गरे लगत्तै उनले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०–१० लाख दिने निर्णय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077