Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

देउवा दम्पतीमाथिको सांघातिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य : कांग्रेस

देउवा दम्पतीमाथिको सांघातिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य : कांग्रेस

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको समेत ठहर गरेको छ ।

विज्ञाप्तिमा भनिएको छ- 'संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ। लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ।'

उपसभापति खड्काले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको पार्टीको धारणामा उल्लेख छ ।

'लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।'

यसअघि कार्यसम्पादन समिति बैठकपछि जारी विज्ञप्तिमा आफ्नै निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा कुटिएको विषय उल्लेख नगरेकोमा विरोध भएको थियो । अहिलेको वक्तव्यमा सो विषय पनि समावेश गरिएको छ ।

548301669_1355157569305160_8568307363221103112_n

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077