Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विध्वंसमा हाम्रो संलग्नता छैन, कोही दोषी भेटिए कडा कारबाही गर्छौं : माओवादी

विध्वंसमा हाम्रो संलग्नता छैन, कोही दोषी भेटिए कडा कारबाही गर्छौं : माओवादी

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाट जस्ता विध्वंसात्मक घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नभएको प्रष्ट पारेको छ ।

आइतबार उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व घुसेर अराजकता मच्चाएको उल्लेख गर्दै त्यसप्रति पार्टीले कडा भर्त्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस्ता हिंसात्मक गतिविधिहरूले आन्दोलनको मूल उद्देश्य र छविलाई धमिलो बनाएको छ।”

माओवादी केन्द्रले आफ्ना कुनै पनि कार्यकर्ता ध्वंसात्मक क्रियाकलापमा संलग्न देखिए पार्टी आफैंले कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। साथै, सरकारले पनि तथ्य र प्रमाणका आधारमा संलग्न जोकोहीलाई कठोर सजाय दिनुपर्नेमा जोड दिएको छ।

“हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं,” विज्ञप्तिमा भनिएको छ, “तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनी आग्रह गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077