काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आजै केही मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।
सानो आकारको मन्त्रिपरिषद् गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दलका शीर्ष नेतासँग छलफल जारी छ ।
स्रोतका अनुसार मन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नाम टुंगो लागिसकेको छ ।
गृह मन्त्रालयको जिम्मेवारी भने अहिलेसम्म कसलाई दिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । यसबाहेक ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ ।
अर्यालले भने आफू सरकार बाहिरै रहेर सहयोग गर्ने बताइरहेका छन् । यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ गृहमन्त्री माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको खुलेको छ ।