Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्षतिको विवरण संकलन गरौं, गतिविधि नरोकी अघि बढाऔं : शंकर पोखरेल

क्षतिको विवरण संकलन गरौं, गतिविधि नरोकी अघि बढाऔं : शंकर पोखरेल

आइतवार , भाद्र २९, २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो राजनीतिक घटनाक्रमका बीचमा पार्टीका प्रदेश र जिल्ला तहका नेताहरूसँग भर्चुअल छलफल गर्दै क्षतिको विवरण संकलन गर्न र पार्टी गतिविधि नरोकी अघि बढाउन निर्देशन दिएका छन् ।

आइतबार भएको छलफलमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएको आगजनी र तोडफोडको यथार्थ विवरण एकीकृत रूपमा संकलन गर्न सुझाव दिएका थिए । उनले क्षति भएका ठाउँमा मुचुल्का उठाएर मात्रै सरसफाइ गर्नुपर्नेमा पनि जोड दिएका छन्।

काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार महासचिव पोखरेलले छलफलमा पार्टी कार्यालयहरूको क्षति विवरण संकलन र गतिविधि निरन्तरता दिने दुवै विषयमा जोड दिएका थिए। “पहिलो कुरा क्षति संकलन गर्ने, दोस्रो पार्टी गतिविधि निरन्तरता दिने भन्ने भएको छ,” निरौलाले भने।

पोखरेलले यसबीचमा नेतृत्वप्रति आलोचना नगरी आवश्यक परे पछि बसेर छलफल गर्न सकिने भन्दै एकता र संयमता अपनाउन नेताहरूलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077