काठमाडौं । पूर्वसचिव रामेश्वर खनाल र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने पक्का भएको छ ।
स्रोतका अनुसार खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने घिसिङलाई एकैपटक तीनवटा महत्वपूर्ण मन्त्रालय तोकिएको छ ।
घिसिङले ऊर्जा, सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
घिसिङलाई देशका आधारभूत संरचना र विकाससँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयहरू दिइनु अन्तरिम सरकारको प्राथमिकतासँग जोडिएको संकेतका रूपमा हेरिएको छ।
सरकारलाई गतिशील बनाउन प्रधानमन्त्री सुशीला कार्कीले आजै उनीहरूलाई शपथ गराउने सम्भावना रहेको बुझिएको छ ।