काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् मण्डल विस्तार गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
उनले यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लगाइसकेकी छन् ।
कुलमानलाई थप भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ ।