Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कार्की क्याबिनेटका तीन मन्त्रीले आज शपथ लिँदै

कार्की क्याबिनेटका तीन मन्त्रीले आज शपथ लिँदै

सोमवार , भाद्र ३०, २०८२

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्री र अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारी दिइएको हो।

उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनेछन्। कानुन व्यवसायी अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकारसमेत हुन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका अभियन्तासहित सरोकारवालासँग निरन्तर छलफल गरी थप मन्त्री नियुक्त गर्ने तयारी गरिरहेकी छन् ।

यसअघि शुक्रबार मात्रै पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077