Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बुधवार , आश्विन १, २०८२

काठमाडौं । कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदो असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ ।

मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरी परीक्षा यही असोज ७ र ८ गतेका लागि तोकिएको जनाएको छ ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077