काठमाडौं । जेनजी आन्दोलनमा भएको आगजनीबाट धव्स्त भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी हाल पुलिस क्बलमा सरेको छ ।
काठमाडौंसहित तीन जिल्लाहरू ललितपुर, भक्तपुरको कमाण्ड गर्ने र अपराध अनुसन्धान कार्यालय टेकुको कमाण्ड गर्ने यो कार्यालय अहिले पुलिस क्लब भृकुटीमण्डप सरेको हो ।
तोडफोड र आगजनीबाट पूर्ण क्षति भएपछि अहिले पुलिस क्लबबाट कार्यालय सञ्चालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए ।
यो कार्यालयको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्छन् । पहिलो दिनको जेनजी आन्दोलनमा यो कार्यालय एआईजीविहीन थियो । त्यति वेला डीआईजी ओम राणाले कमाण्ड गरेका थिए ।
जेनजी आन्दोलनपछि भने एआईजी दानबहादुर कार्कीले कमाण्ड गरिरहेका छन् ।