Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बानेश्वरबाट लुटिएको एसएलआर भक्तपुरमा भेटियो

बानेश्वरबाट लुटिएको एसएलआर भक्तपुरमा भेटियो

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एक एसएलआर भक्तपुरमा भेटिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा बेवारिसे अवस्थामा फेला परेको हो । कपडाले बेरेर राखेको अवस्थामा भेटिएको उक्त हतियार स्थानीयले फेला पारेपछि प्रहरीलाई बुझाएका छन् ।

नम्बर–२० गण २९० लेखिएको सो एसएलआर सशस्त्र प्रहरीको मिनभवन स्थित बेसबाट लुटिएको सशस्त्रका एक अधिकृतले बताए ।

स्थानीयले फेला पारेर एसएलआर यकिन गरेर सम्बन्धित निकायमा बुझाउने जिल्ला प्रहरी परिसर भक्तपुर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077