Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गृह मन्त्रालयद्धारा हेल्प डेस्क स्थापना

गृह मन्त्रालयद्धारा हेल्प डेस्क स्थापना

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । गृह मन्त्रालयले सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।

मन्त्रालयले आज सूचना जारी गर्दैवर्तमानमा विकसित भएका घटनाक्रमसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न हेल्प डेस्क स्थापना गरेको हो।

मन्त्रालयका अनुसार आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउन सकिने छ।

सूचनामा भनिएको छ- 'जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077