Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विष्णु पौडेल भन्दै कुटिएका व्यक्ति ग्रिनसिटी अस्पतालका अध्यक्ष टण्डन

विष्णु पौडेल भन्दै कुटिएका व्यक्ति ग्रिनसिटी अस्पतालका अध्यक्ष टण्डन

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा एक भिडियो भाइरल बन्यो ।

राजनीतिक दलका नेताहरुका घर तोडफोड तथा आगजनी भइरहेको र कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणामाथि कुटिपिट भएको भिडियो आइसकेकाले पौडेलमाथि पनि आक्रमण भएको हुनसक्ने आँकलन गरियो ।

पछि पौडेलले आफू सुरक्षित रहेको बताएपछि त्यो भिडियो कसको थियो भन्दै खोजतलास हुँदा अस्पतालका अध्यक्षको भएको खुलेको छ ।

उक्त दिन घाइतेहरूको निःशुल्क उपचार खटिएका व्यक्तिमाथि पनि आक्रमण भएको पाइएको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनमाथि आक्रमण गरेको तथ्य सार्वजनिक भएको हो ।

सामाजिक सञ्जालमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण भएको भन्दै भाइरल भिडियोमा पौडेल नभई टण्डन रहेको पुष्टि भएको हो।

भदौ २३ गते गोंगबुमा गोली लागेर घाइते भएका जेन जी लक्ष्मण कँडेललाई उपचारका लागि मनमोहन अस्पताल पुर्याएर फर्किंदै गर्दा उनीमाथि आक्रमण भएको उनको भनाइ छ।
टण्डनका अनुसार भीडले उनलाई अर्थमन्त्री विष्णु पौडेल भन्दै कुटपिट गरेको र एम्बुलेन्ससमेत तोडफोड गरेको थियो।

उनले भनेका छन्–‘मैले घाइतेको निःशुल्क उपचार र उद्धार गरिरहेको थिएँ, तर अर्को अस्पताल पुर्याएर फर्किने क्रममा ममाथि आक्रमण भयो । कतिपयले नेता आयो भन्दै कुटे । तर पछि चिनेका जेनजी भाइबहिनी र अरु मानिसहरूले बचाए।’

ग्रिनसिटी अस्पतालमा अहिलेसम्म १७ जना जेनजी घाइतेलाई निःशुल्क उपचार गराइसकेका टण्डन केही दिनको आरामपछि काममा फर्किसकेका छन्।

यसरी भएको रहेछ आक्रमण
२४ भदौमा गोली लागेर एकजना भाइ ग्रिन सिटी आइपुगे । ती भाइको अवस्था गम्भीर थियो ।

हातमा गोली लागेको थियो । सिटी स्क्यान र तत्काल अपरेसन गरी गोली निकाल्नुपर्ने थियो । ग्रिन सिटी अस्पतालबाट त्यहाँ कार्यरत चिकित्सक आउन ढिला हुन्छ भनेर सूचना दिनुभयो । तर ती भाइको अप्रेसन तत्काल नै गनुपर्ने थियो ।

गोली लागेको मान्छेलाई तीन घण्टाभित्र अपरेसन गर्नुपर्छ । नत्र ती भाइको हात काट्नुपर्ने हुन्थ्यो ।

ती घाइते भाइलाई एम्बुलेन्समा हालेर म त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको थिएँ । त्यसबेला ग्रिन सिटीमा ब्लड डोनेसन भइरहेको थियो ।

म १० मिनेटमा आइहाल्छु भनेर गएको थिएँ । जुन बाटो गएको, त्यही बाटो फर्केको भए मलाई यो समस्या हुने थिएन । ती भाइलाई मनमोहन कार्डियोलोजीमा छोडेर, त्यही एम्बुलेन्स लिएर महाराजगञ्जको बाटो जाँदै थिएँ ।

महाराजगञ्ज चक्रपथ चोकमा पुग्दा विष्णु पौडेल ९एमाले नेता० आयो भनेर एम्बुलेन्स रोके । त्यहाँ हजारौंको भिड थियो ।

दिउँसो २ बजेर १५(२० मिनेट भित्रको कुरा हो । अस्पताल छाडेको १५ मिनेटमा नै यस्तो भयो । जाँदा म कोट(चप्पलमा थिएँ । आउँदा अरूको लुगा लगाएर भागेर, लुकेर आउनुपर्ने अवस्था आयो ।

एम्बुलेन्समा मलाई केही भएन तर एम्बुलेन्सका सिसाहरू फुटाइदिए, ढोका तोडे, गाडी बिगारे । गाडी अहिले पनि खराब अवस्थामा छ ।
मलाई चिनेका केहीले यो ग्रिन सिटीको चेयरम्यान हो, सामाजिक अभियन्ता हो, यो नेता होइन भने । तर कसैले नेता नै हो भन्दै मलाई हातपात गर्न छाडेनन् ।

१०(१२ जना भाइहरूले राम्रै तरिकाले प्रोटेक्ट गरेर बचाएको थिए । नत्र सायद म आज यहाँ हुन्नथेँ होला । भाग्यले बाँचे भन्नुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077