Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आठ हजार ८१६ कैदीबन्दी अझै फरार, खोजी कार्य जारी

आठ हजार ८१६ कैदीबन्दी अझै फरार, खोजी कार्य जारी

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बालसुधारगृहहरूबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, २७ वटा कारागारबाट १३ हजार ५९१ कैदीबन्दी भागेका छन्।

यस्तै, नौ वटा बालसुधारगृहबाट पनि ९६४ जना फरार भएका छन्। त्यसबेला देशभरका कारागारमा २९ हजार २१२ कैदीबन्दी र बालसुधारगृहमा १ हजार ४२२ बालबन्दी रहेका थिए।

फरार हुनेहरूमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका कैदीबन्दी रहेका छन्।

त्यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीस्थित बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका छन्।

हालसम्म प्रहरीले कारागारबाट भागेका ५ हजार ४९५ र बालसुधारगृहबाट भागेका २४४ जनालाई नियन्त्रणमा लिएको छ। अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077