Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बाँकेमा खसी किन्ने क्रममा विवाद हुँदा सालाले गरे भिनाजुको हत्या

बाँकेमा खसी किन्ने क्रममा विवाद हुँदा सालाले गरे भिनाजुको हत्या

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । बाँकेमा खसी किन्ने क्रममा विवाद भएपछि सालाले भिनाजुको हत्या गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका- ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो।

शुक्रबार साला अजमद अलीको समूहले जाबिदको हत्या गरेका हुन्। उनीहरूले खसीको व्यापार गर्ने गरेका थिए। खसीको मोलतोल गर्ने क्रममा झडप भएको हो।

बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। उनीहरुले आपसमा ढुंगा हानाहान गरेका थिए।

अलीको भेरी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। स्थानीयले उनीहरूबीच पहिलेदेखि नै घरायसी विवाद रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077