काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागबाट अवकाश पाएको एक हप्ता हुँदा पनि पूर्वप्रमुख हुतराज थापाले गाडी फिर्ता गरेका छैनन्। विभागका प्रमुखले प्रयोग गर्ने गाडी अझै उनैले चढ्दै आएका छन् ।
सरकारले विभागमा नयाँ प्रमुख नियुक्त नगरेको मौकामा यसरी थापाले गाडी दुरुपयोग गरेका हुन् । गाडी दुरुपयोग मात्र होइन उनी गोप्य रुपमा अझै पनि विभागमा पुग्ने गरेको स्रोत बताउँछ । गोप्य कागजपत्र लिन उनी त्यसरी विभागको केन्द्रीय कार्यालय पुगेको आशंका गरिएको छ ।
विभागका एसएसपी एसएसपी पप्पु शर्मा र एसपी हेमन्त कार्कीले नै उनलाई अझै पनि विभागमा स्वागत गर्दै आएका छन् ।
जेनजीको आन्दोलनमा थापाकै कारण सूचना संयन्त्र फेल भएको थियो । जसमा उनलाई कारबाहीको माग भइरहेको छ ।
तर, थापाको चलखेल भने अझै जारी छ । माओवादी निकट मानिएका थापाले तीन वर्षमा विभागमा चरम अनियमितता गरेको स्रोत बताउँछ । यस विषयमा छानविनका लागि विभागकै अधिकारीले उजुरी दिने तयारी गरेका छन् ।
तिव्र चलखेलकै कारण विभागमा सरकारले नयाँ प्रमुख छान्न सकेको छैन । ओम जोशी र टेकेन्द्र कार्कीबिच तिव्र प्रतिस्पर्धा छ । जोशी निवर्तमान गृहमन्त्री रमेश लेखकको आफन्त भएकाले उनलाई नियुक्त गर्दा सरकारका सबै सूचना हाइज्याक हुने जोखिम बढेको छ ।
दोस्रो नम्बरमा रहेका कार्की आफु जोशीभन्दा क्षमतावान भएको भन्दै लबिइङमा लागेका छन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकले विभागको प्रमुख छान्ने सम्भावना छ ।