काठमाडौं । सुनचाँदीका गरगहनासहित काठमाडौंको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजा रहेका छन् ।
उनीहरुको साथबाट सुनचाँदीका गरगहना, नगद १३ हजार र लत्ताकपडा बरामद गरिएको छ । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन जारी प्रहरीले जनाएको छ ।