Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एआइजीहरूको सरुवा तयारी, सीआईबीमा केसी कि शाह ?

एआइजीहरूको सरुवा तयारी, सीआईबीमा केसी कि शाह ?

आइतवार , आश्विन ५, २०८२

काठमार्डौं । सरकारले नेपाल प्रहरीका एआइजीहरुको जिम्मेवारी हेरफेरको तयारी गरेको छ । हाल चार महत्वपूर्ण विभाग नेतृत्वविहिन छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), मानवस्रोत विकास विभाग, प्रहरी एकेडेमी र प्रशासन विभाग रिक्त छन्।

प्रदेश समन्वय विभागमा कार्यरत मनोज केसी, अपराध अनुसन्धान विभागमा कार्यरत राजन अधिकारी तथा कार्य विभागमा कार्यरत शिद्धिबिक्रम शाहलाई ती विभागमा जिम्मेवारी दिने तयारी छ । मनोज केसीलाई सिआइबीमा खटाउने सरकारको तयारी छ।

नेपाल प्रहरीमा हाल एआइजीका चार दरबन्दी रिक्त छन्। तर, तत्काल एआइजी बढुवाको सम्भावना भने नरहेको बताइन्छ ।

प्रहरी नियमावली अनुसार पनि असोज मसान्तसम्म कार्यसम्पादन मूल्याङकनको फारम भर्ने समय हुने भएकाले हालका आइजीपी चन्द्रकुबेर खापुङको अवकाश पाएपछि मात्र बढुवा हुने सम्भावना देखिएको छ। खापुङले कात्तिकको २७ मा अवकाश पाउँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077