Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नख्खु कारागारबाट भागेका कैदीले गरे ३० वर्षीया श्रीमतीको हत्या

नख्खु कारागारबाट भागेका कैदीले गरे ३० वर्षीया श्रीमतीको हत्या

आइतवार , आश्विन ५, २०८२

काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका - १२ गागलका वर्ष ३५ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

जवरजस्ती करणीमा जेल परेका सन्तबहादुर जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । हत्यापछि सन्तबहादुर फरार छन् ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सन्तबहादुर यसअघि बलात्कारको आरोपमा ४ वर्षदेखि नक्खू कारागारमा थिए। तर भदौ २४ गते जेल तोडेर रास्वपाका सभापति रवि लामिछानेसँगै फरार भएका थिए। लामिछाने फेरि जेल फर्किए पनि आधाभन्दा बढी कैदीबन्दै अझै बाहिरै छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077