Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

घाइते जेनजीहरुलाई प्रहरीले सिंहदरबार बाहिर छाड्यो

घाइते जेनजीहरुलाई प्रहरीले सिंहदरबार बाहिर छाड्यो

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई प्रधानमन्त्री सुशीला कार्की भेट्न सिंहदरबार पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएर बाहिर छाडिदिएको छ ।

घाइतेहरू बिहानै सिंहदरबारको गेटमा पुगेर आन्दोलन हामी नेपालका सुदन गुरुङको समूहले अपहरण गरेको भन्दै आक्रोश पोख्न प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए । सुरुमा प्रहरीले भित्र पस्न नदिएपछि उनीहरू गेटमै धर्नामा बसेका थिए।

पछि प्रहरीकै सहयोगमा गृहमन्त्रालयभित्र पु¥याइएका उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका थिए ।

सो क्रममा घाइतेहरूले सुदन गुरुङलाई जेन–जी आन्दोलनको नेता नभएको स्पष्ट गर्दै, शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने चेतावनी दिएका थिए।

तर प्रधानमन्त्रीसँग भेट्ने क्रममा उनीहरू आक्रोशित सुनिन थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार बाहिर ल्याइदिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077