Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई १० वटा मोटरसाइकल हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई १० वटा मोटरसाइकल हस्तान्तरण

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन एमएडब्लु फाउण्डेसनले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

आइतबार कार्यालय परिसरमा आयोजित विशेष समारोहमा फाउण्डेसनका अध्यक्ष विष्णु कुमार अग्रवालले मोटरसाइकलहरू काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा फाउण्डेसनका पदाधिकारीहरू, ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, वरिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति थियो ।

यस सहयोगले स्रोत साधनको अभावबीच ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती न्यूनीकरण गर्ने र सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077